२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेशका सांसद घर्तीको निधन

२०७५ मंसिर २७, बिहिबार प्रकाशित ( साल अघि) ११७६ पाठक संख्या

 मंसिर २७, कावासोती । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीमगरको निधन भएको छ । सांसद घर्तीमगरलाई गएको मंगलबार उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना गरिएको थियो। एयर एम्बुलेन्सबाट अपोलो अस्पताल पुर्‍याएर सांसद घर्तीमगरलाई अस्पतालको लिभर आइसीयुमा राखिएको थियो।

घर्तीमगरको गएराति १ बजे मृत्यु भएको अस्पतालको डाक्टरले घोषणा गरेको उनका आफन्तले जानकारी दिए । ४६ वर्षीय घर्ती विगत केही दिनदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।

बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारीचौर सइखोलाका सांसद घर्ती राष्ट्रिय जनमोर्चाका सक्रिय नेता थिए । सांसद घर्तीमगर बागलुङको क्षेत्र नं २ को ‘ख’बाट प्रदेश सभा सदस्यमा बामगठवन्धनबाट उम्मेदवार बनी विजयी भएका थिए ।


प्रकाशित मिति : २७ मंसिर २०७५, बिहीबार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस