२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा एक गोठमा आगलागी, ३ लाख ५० हजारको क्षति

२०८० चैत्र २०, मंगलबार प्रकाशित ( हफ्ता अघि) १४०० पाठक संख्या

मदनपुर । मध्यविन्दुमा एक गोठमा आगलागी भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका – ४ लुस्लरीका राम शरण बिकको घर नजिकैको गोठमा आगलागी भएको हो । आगलागी हुँदा गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ ।

मंगलबार विहान साडे ७ बजे समयमा आगलागी हुदा विकको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको हो । गोठमा अचानक आगोलागी हुदाँ १ बर्षको पाडी जलेर मरेको , काठपात घास दाउरा गरी ३ लाख ५० हजार बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

प्रहरी, जनप्रतिनिधि र स्थानीय सहित दमकलको सहयोगमा एक घन्टामा आगो नियन्त्रणमा आएकोे प्रहरीले जनाएको छ । बस्तु बाध्ने गोठमा वस्तुलाई कुडो पकाएको आगोबाट आगोलागी भएको प्रहरीको अनुमान छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%१७%

प्रतिक्रिया दिनुहोस