२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरको ६ स्थानमा ‘यात्रु सहायता कक्ष’

२०८० आश्विन २९, सोमबार प्रकाशित ( महिना अघि) ३९७ पाठक संख्या

कावासोती । दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारी साधनमाथि निगरानी बढाउने उद्देश्यले नवलपुरको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ ।

चाडपर्वलाई लक्षित गरेर नवलपुर जिल्लाको गैँडाकोट- २ पुलको नजिक, देवचुली – १३ दलदले चोक, कावासोतीको फलफुल चोक, बिनय त्रिबेणी गाउँपालीकाको ज्यामीरे र बिनय त्रिबेणी गाउँपालीका , नेपाल भारत सिमानाका व्यारेजपुलमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरू भएको हो ।

जिल्ला प्रहरी कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी यात्रा सहायता कक्षको उद्घाटन गरी संचालनमा ल्याएको छ ।

चाडपर्व मनाउन मुलुकका विभिन्न स्थानबाट सार्वजनिक सवारीको प्रयोग गरेर आजतजावत गर्ने यात्रुको सुविधालाई मध्यनजर गर्दै प्रहरीले सडकमा निगरानी बढाएको हो ।

यात्राका क्रममा यात्रुलाई आइपर्ने सम्भावित समस्यालाई तत्काल सम्बोधन गर्ने उदेश्यका साथ ठाउँठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर सञ्चालनमा ल्याइएको नवलपुर जिल्लाका प्रहरी नायव उपरिक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस