२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु

२०८० चैत्र २०, मंगलबार प्रकाशित ( हफ्ता अघि) २३२२ पाठक संख्या

कावासोती । नवलपुरमा स्कूल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । भने अर्को १ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट ५ सरस्वती स्कुल चोक स्थित भित्री सडकमा ओमशान्ति चोकबाट सरस्वती स्कूल चोकतर्फ जाँदै गरेको बालविकास बोर्डिङ स्कूलको बसले स्कुटरलाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा पर्वत फलेबास नगरपालिका वडा नं ४ स्थायी घर भै हाल भरतपुर २१ बस्दै आएकी ६८ बर्षिया पार्वती पौडेल रहेकी छिन् । पौडेलको शवलाई पोष्ट मार्टमका लागि भरतपुर अस्पताल राखिएको छ ।

दुर्घटनामा परि स्कुटर चालक गैँडाकोट ५ बस्ने २० बर्षिया आशिका सापकोटा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%४१%२%

प्रतिक्रिया दिनुहोस