२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

ब्रहम बचत सहकारीको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

२०८१ बैशाख ८, शनिबार प्रकाशित ( हफ्ता अघि) २५४ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दुमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मध्यविन्दु ३ चौराहा स्थीत ब्रहम बचत तथा ऋण सहकारी संस्थाको रजतजयन्तीको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका हुन ।

रगत अभाव पुर्ति गर्नका लागि समय समयमा रक्तदान कार्यक्रमहरु आयोजना गर्दा मुत्युको मुखमा रहेको ब्यक्तीलाई जिवित बनाउन सकिने हुदा रक्तदान कार्यक्रमले रगत पुर्तिका लागी टेवा पुग्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्रमुख ऋषिराम कँडेलले बताउनुभयो ।

FB_IMG_1713561611167

अस्पतालको शैयामा रगतका अभावका कारण छटपटाई रहेका विरामीका लागी सहयोगार्थ स्वरुप संस्थाले रजत जयन्तीको अवसरमा विभिन्न सामाजीक कार्यक्रम अन्तर्ग यस रक्तदान कार्यक्रम राखेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरर्ता दिदैजाने संस्थाका अध्यक्ष काशीराम पाठकले बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कोल्हुवा उपशाखा, कावासोती शाखा र सञ्चार सेवा नवलपुरको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

FB_IMG_1713561444841

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस