२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गोरुले हान्दा २ वृद्धा गम्भीर घाईते

२०८० चैत्र ३०, शुक्रबार प्रकाशित ( महिना अघि) ३३४ पाठक संख्या

कावासोती । नवलपुरमा गोरुले हान्दा २ जना वृद्ध गम्भीर घाईते भएका छन् । जिल्लाको वौद्धिकालि गाउपालिका वडानम्बर २ ,भाडगाउँका ६४ वर्षिय ज्ञानबहादुर सारु र सोहि ठाउँका ७७ वर्षिय गनिसरा सिजांली मगर घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

उहाँहरु दुवै जना शुक्रबार अपरान्ह् ४ बजे गोरु र बाख्रा चराउने क्रममा बसिरहेको अवस्थामा पछाडिबाट आई गोरुले हान्दा बौद्धिकालिका खोलामा खस्न पुग्दा दुवैको टाउकोमा चोट लागेको प्रहरीले जनाएको हो ।

घाईते दुवैको स्थानिय अस्पताल रकुवा स्वास्थ्य चौकिमा उपचार हुन नसकेपछि गनिसरा सिजांलीलाई रामपुर पाल्पा र ज्ञानबहादुर सारुलाई नयाँ मेडिकल कलेज भरतपुरमा थप उपचारको लागि पठाइएको र दुवैको अवस्था गम्भिर रहेको पनि प्रहरीले जनाएको हो ।

तस्बिर :- फाईल

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस