२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

रवि छुटाउन आन्दोलन गरे पनि भोट नहाल्ने चितवनका मतदाताको भनाइ

२०७९ कार्तिक २५, शुक्रबार प्रकाशित ( साल अघि) ५४० पाठक संख्या

सञ्चार क्षेत्रबाट आएका राट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनलाई रोज्नुको एउटा मुख्य कारण हो उनलाई चितवनबासीले गरेको समर्थन र आन्दोलन ।

आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेलाई छुटाउन माग गर्दै चितवनमा ठूलो आन्दोलन भएको थियो । उक्त आन्दोलनमा चितवनबासीले साथ दिएकै कुरालाई आधार बनाएर रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नं। दुईबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बनेका छन् ।

आन्दोलनमा पाएको जसरी साथ पाउने आश रवि लामिछानेको छ । तर यथार्थ भने त्यस्तो नरहेको आन्दोलनमा सहभागीहरुले नै बताएका छन् ।

आन्दोलनमा सहाभागी रहेकी भरतपुर २ की एक महिलाले भनिन्, ‘हिजोको समस्यामा मैले पनि साथ दिएको हो । आज चाहिँ म घण्टिलाई भोट दिन्न ।’

यसै गरी भरतपुर २ की मतदाता प्रतिमा चापागाईंले पनि त्यस्तै कुरा गरिन् । हिजो रविलाई अन्याय भयो की भनेर न्यायका लागि आफूहरु लडेको बताउँदै उनले त्यसैको आधारमा भोट आउँछ भन्नु रवि लामिछानेको भ्रम रहेको बताइन् । रवि लामिछाने एक्लो मान्छे सांसद गएर केही नहुने भन्दै उनले सञ्चार क्षेत्रमै फर्कन समेत सुझाव दिइन् ।

एक्लो मान्छे रविलाई जिताएर केही नुहुने र कृष्णभक्त पोखरेललाई दुईदुई पटक जिताउँदा पनि केही गर्न नसकेकाले अब उमेश श्रेष्ठलाई जिताउन लाग्ने उनले बताइन् ।

निर्दोष व्यक्ति फस्यो भनेर आफूहरुले आवाज उठाएको बताउँदै उनले यो चितवनबासीको रवि लामिछानेलाई समर्थन भन्दा पनि अन्याय विरुद्धको आवाज उठाउने बानी भनेर बुझ्नु पर्ने उनको भनाइ छ ।

चितवन २ मा रवि लामिछानेसँगै नेकपा एमालेका कृष्णभक्त पोखरेल र गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ चुनावी मैदानमा छन् । यी तीन उम्मेद्वारसहित चितवन क्षेत्र नम्बर ३ मा १६ जना उम्मेद्वाहरु चुनावी प्रतिस्पर्धामा छन् । तर चुनावमा यी तीन उम्मेद्वारबीच नै प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।नारायनि अनलाइन

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस