२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा दिउँसै ९ तोला सुन चोरी

२०८० अषाढ ३०, शनिबार प्रकाशित ( महिना अघि) २६३४ पाठक संख्या

गैँडाकोट । नवलपुरको गैँडाकोटमा ९ तोला सुन दिनदहाडै एकघरबाट ९ तोला सुन चोरी भएको छ ।

गैँडाकोट नगरपालिका वडा नं ७ पीसपार्क स्थित चुडामणी सापकोटाको घरबाट ९ तोला सुन र ३० हजार रुपैँया चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

डिएसपी बेद बहादुर पौडेलले दिएको सूचना अनुसार घरमा कोहिपनि नभएको मौका छोपेर चोरले गरगहना लगेको हो ।

कोठाभित्र रहेको दराज फोडेर सुनका गरगहना लगेको प्रहरीले जनाएको छ । चोरी गर्ने ब्यक्तिको पहिचान नभएको र अनुसन्धान कार्य सुरु गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%७%१%१०%६%

प्रतिक्रिया दिनुहोस