२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

राहत बोकेर पुगे आगलागी पीडितलाई भेट्न : नगर प्रमुख अधिकारी

२०८१ बैशाख १३, बिहिबार प्रकाशित ( हफ्ता अघि) १८६ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिका वडा नं १४, चनौटेका आगलागी पीडितलाई भेट्न राहत बोकेर नगरप्रमुख भीमलाल अधिकारी आफैं पिडितको घर पुग्नुभएको छ । नगरप्रमुख अधिकारले बुधवार स्थलगत रुपमा स्वयम् घटना स्थल पुगेर जानकारी लिनुभएको हो ।

घटनाको समयमा जिल्ला बाहिर काठमाडौँ रहनु भएका नगरप्रमुख अधिकारी बुधवार फर्किए लगत्तै दिउसो प्राविधिक सहितको टोलीले घटनास्थलको अनुगमन निरीक्षण तथा पीडितको गुनासो सुनेपछि नगरप्रमुख अधिकारीले पीडितलाई घर बनाइदिने प्रतिवद्धता जनाउनुभएको छ । नगर प्रमुखको प्रतिवद्धतापछि त्यहाँका आगलागी पीडित खुशी भएका छन्।

FB_IMG_1713976816538

साथै नगरप्रमुख अधिकारीले घटनास्थलमा पुगी बालबालिकाको लागि आवश्यक शैक्षिक सामाग्रीसंगै पीडित परिवारलाई ब्लाङ्केट लगायत सामाग्रि हस्तान्तरण गर्नुभएको नगरपालिकाका इन्जिनियर विवेक पोख्रेलले जानकारी दिनुभयो । इन्जिनियर पोखरेल सहितको टोलीले बुधबार नै नयाँ घर निमाणका लागी नापजाँच समेत गरिएको छ ।

FB_IMG_1713976824468

प्रविधिले तयार पारिएको लागत अनुमानका आधारमा घर बनाउने कार्य तत्कालै सुरुहुने नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । बैशाख १० गते जंगलमा लागेको आगो बस्तीमा पस्दा आगोबाट पुर्णनष्ट भएका ४ घरपरिवारलाई मध्यविन्दु नगरपालिकाले घर निमार्ण गरिदिने भएको छ ।

त्यस्तै पीडित परिवारलाई हिजो नगर उपप्रमुख पूर्ण कला चौधरी, प्रमुख प्रशासकिय अधिकृत रमेश घर्ती, नेपाल रेडक्रस उपशाखा कोल्हुवा लगायतका टोलीले घटना स्थलमै पुगेर खाद्यसामग्री, सिरक, लत्ता कपडा, त्रिपाल लगायतका सामाग्री बितरण गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस