२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

२०८१ बैशाख ११, मंगलबार प्रकाशित ( हफ्ता अघि) ९५४ पाठक संख्या

कावासोती । कावासोतीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कावासोती नगरपालिका वडा नं १५ मा रहेको बाडखोलामा पौडी खेल्ने क्रममा तनहुँ घिरिङ – २ माहोरकोट घर भई हाल कावासोती – १४ त्रिभुवनटार बसोबास गर्ने १५ वर्षीय रविन रानाको निधन भएको हो ।

मङ्गलबार दिउँसो १२ बजे पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका रानालाई  प्रहरीको टोलीले खोज्ने क्रममा सोही स्थानमा मृतक अवस्थामा फेला पारेको थियो । बालकको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२१%१%

प्रतिक्रिया दिनुहोस