२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नन्दभाउजु ऐतिहासिक ताल संरक्षणमा वडाध्यक्षको चासो

२०७९ मंसिर १५, बिहिबार प्रकाशित ( साल अघि) ९७० पाठक संख्या

कोल्हुवा । वडा अध्यक्ष मानबहादुर महतोले ईटौराको मध्यविन्दु नगरपालिका –३ मा रहेको नन्दभाउजू ऐतिहासिक ताल संरक्षणमा चासो देखाएका छन् ।

मध्यबिन्दु नगरपालिकाको आयोजनामा बुधबार ताल निरीक्षण सँगै तालको विस्तृत अध्ययन प्रतिवेदन ( डिपिआर) तयारि गरिँदैछ ।

मध्यविन्दु – ३ का वडाअध्यक्ष मानबहादुर महतोले निर्मम भएर सम्पदा संरक्षणमा लाग्ने प्रतिवद्धता जनाए । ऐतिहासिक ताल हाम्रो प्रमुख गहना हो । यसलाई जोगाउन सके मात्रै आन्तरिक तथा बाह्य पर्यटक आउँछन्,’ उनले भने, ‘ताल पनि नमासिने, जनता पनि नआत्तिने योजनाका साथ तालको संरक्षण गर्छौं ।’

FB_IMG_1669892747496

बजेट अभाव, राजनीतिक फेरबदल जस्ता कारणले यस तालको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार हुन नसक्दा ऐतिहासिक बोकेको पुरानो तालको दिगो विकासमा समस्या भएको स्थानीयले बताउँछन् ।

तालको प्रवर्द्धन गरी व्यवस्थित पार्न सके यो स्थानमा आकर्षक आन्तरिक पर्यटकीय गन्तव्य बन्न सक्ने छ ।

FB_IMG_1669892751404

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस