२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा सवारी दुर्घटना ३ जना घाइते

२०८१ बैशाख ८, शनिबार प्रकाशित ( हफ्ता अघि) १६३० पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा दुर्घटना हुदा ३ जना घाइते भएका छन् ।  कावासोती ३ हलचोकमा शनिबार अटो र स्कुटर एकआपसमा ठक्कर खादा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक हुप्सेकोट १ बेलुवा बस्ने २६ वर्षीय बिक्रम बास्तोला , स्कूटरमा सवार कावासोती १६ पिप्रेनी बस्ने २० वर्षीय अनिल नेपाली र अटोमा सवार हुप्सेकोट १ बस्ने बस्ने मदन बहादुर बाह्रघरे घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोतीबाट डण्डा तर्फ जादै गरेको गण्डकी प्रदेश ०४–००१ ह०२७८ नम्बरको अटो र डण्डाबाट कावासोती तर्फ आउदै गरेको ना ५८ प ७९०४ नम्बरको स्कुटर एकआपसमा ठक्कर खादा दुर्घटना भएको थियो । प्रहरीले सवारी साधनलाई नियन्त्रणमा राखी आबश्यक अनुसन्धान अगाडि बढाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%९%१%

प्रतिक्रिया दिनुहोस