२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

आज चैते दशैं मनाइँदै

२०८१ बैशाख ४, मंगलबार प्रकाशित ( हफ्ता अघि) १२८ पाठक संख्या

नेपालीहरुको सानो दशैं अर्थात चैते दशैं पर्व आज मनाइँदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन घर–घरमा नवदुर्गा भवानीको पूजा आराधना गरी चैते दशैं पर्व मनाइन्छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितका रुपमा लिइने दशैं पर्व हिन्दू धर्मावलम्बीहरुले वर्षमा दुई पटक मनाउछन् । असोजमा मनाइने दशैंलाई वडादशैं र चैत शुक्ल अष्टमीमा चैते दशैंका रुपमा मनाइन्छ ।

वडादशैंमा टीका र जमरा लगाउने प्रचलन छ भने चैते दशैंमा छैन । वडादशैंमा जस्तै चैते दशैंमा परिवार र आफ्न्त जमघट हुने, रमाइलो गर्ने र शक्तिपीठमा पूजा गर्ने चलन छ । चैते दशैं पर्वमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गरिन्छ ।
चैते दशैंका अवसरमा बिहानैदेखि उपत्यकासहित देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

चैत्र नवरात्रका रुपमा समेच चिनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । हिन्दु धर्मालम्वीहरुले आज चैते दशै मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गर्दछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस