२०८१ बैशाख १८, मंगलबार
नयाँ
पछिला अपडेट

गोद्धक धाम पुगेका भक्तजनहरुलाई नि : शुल्क पानी

२०८१ बैशाख ५, बुधबार प्रकाशित ( हफ्ता अघि) १६३ पाठक संख्या

चितवन – चितवनको माडी नगरपालिका वडा नं. १ परशुराम कुण्ड ( गोद्धक धाम ) मा पुगेका तिर्थालु तथा भक्तजनहरुका लागि निशुल्क पानी वितरण गरिएको छ । माडी नगरपालिका वडा नं। १ स्थायी घर भै हाल भरतपुर महानगरपालिका वडा नं। ७ कृष्णपुर बस्दै आएका युवा समाजसेवी प्रकाश रिजालले १२ सय लिटर पिउने पानी वितरण गर्नुभएको हो ।

रामानवमीको अवसरमा नेपाल तथा भारतबाट आएका दर्शनार्थीहरुका लागि निशुल्क पिउने पानी वितरण गरिएको उहाँले बताउनुभयो । युवा समाजसेवी रिजाल भरतपुरको गोल्डेन इमिनेन्ट इन्टरनेशनलको प्रवन्ध निर्देशक हुनुहुन्छ । पानी वितरण कार्यक्रममा माडी नगरपालिका वडा नं। १ का अध्यक्ष अमित लामा, गोद्धक क्षेत्र विकास समितिका अध्यक्ष तुलसीङ गुरुङ, नेपाल रेडक्रस सोसाइटी बघौडाका पूर्वअध्यक्ष भागीरथ बस्याल, माडी जेसीज वर्ष २०२३ का भाइस प्रेसीडेन्ट रामबहादुर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

चितवनको भरतपुरमा प्रधान कार्यालय रहेको गोल्डेन इमिनेन्टले काठमान्डौ र बुटवलबाट समेत सेवा प्रदान गर्दै आइरहेको छ । नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि गोल्डेन इमिनेन्टले सत्यतथ्य परामर्श दिनुका साथै तथा सहजिकरण गर्दै दक्षिण कोरिया पठाउदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस