२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा.पाठक सम्मानित

२०८० चैत्र २९, बिहिबार प्रकाशित ( हफ्ता अघि) २६३ पाठक संख्या

काठमाडौं । वनस्पति विभागको ६४ औं बार्सिकोत्सव तथा २५ औं वनस्पति दिवस आज एक समारोह बीच माननीय मन्त्रीज्यू ( वन तथा वातावरण ) श्री नवल किसोर साह सुडि को प्रमुख आतिथ्यता तथा श्रीमान् सचिवज्यू डा. दिपक कुमार खरालज्जूको विशेष आतिथ्यमा वनस्पति बिभागमा भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा वनस्पति बिज्ञ एवं वनस्पती अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डा मित्र पाठक पनि कदर पत्र सहित सम्मानित भएका छन ।
वनस्पति क्षेत्रमा हाल सम्म उनले गरेको अनुसन्धानको योगदान एवं कार्यालय प्रमुखको भूमिकाको योगदान स्वरूप डा.पाठकलाई कदर पत्र सहित सम्मान गरिएको हो । यसले थप उर्जा थपिएको महसुस भएको डा पाठकको भनाइ छ ।

सल्यानलाई पर्या पर्यटनको र शैक्षिक हब बनाउन लागि परेका डा पाठकका ४ दर्जन बढी बैज्ञानिक लेखहरु, विभिन्न पुस्तक, सम्पादन तथा विभिन्न पत्र पत्रीकामा झन्डै ३ दर्जन लोकप्रिय बैज्ञानिक लेखहरु प्रकासित छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस