२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुका दुई गाउँमा आगलागी, एकजना घाइते

२०८१ बैशाख १०, सोमबार प्रकाशित ( हफ्ता अघि) ७०३ पाठक संख्या

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका १४ चनौटे र सुर्खा गाउँमा भिषण आगलागी भएको छ ।

सोमवार दिउँसो २ बजेदेखी गाउँमा पसेको डढेलोले चनौटे र सुर्खा जंगल किनारका बस्तीका गोठमा आगो लागि हुँदा चौपाया मरेका छन् । आगलागीबाट चनौटेका ७ र सुर्खाका ५ घरगोठ जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आगलागीबाट चनौटेतर्फको जंगल नजिक निवासी स्थानीय नवलसिंह ढेंगाको ढुङ्गा माटो र जस्ताले छाएको दुईतले कच्ची घर, गोठ सुंगुरको खोर, लत्ताकपडा भाँडाकुँडा र नगद डेढ लाख रुपैयाँ जलेर नष्ट भएको छ ।

आगो निभाउने क्रममा मध्यविन्दु १४ चनौटेमा रहेको जनज्योति प्राविका शिक्षक देवचुली १३ प्रगतिनगर निवासी ५९ बर्षीय गंगाप्रसाद घिमिरे घाइते भएका छन् । उनको दुवै हात जलेको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । आगो स्थानीय बासिन्दा, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले साँझ साढे ७ बजेतिर नियन्त्रणमा लिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%६%

प्रतिक्रिया दिनुहोस