२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

नारायणगढ बुटवल सडक बिस्तारमा झिनो प्रगति,लोकाहा पुलमा गर्डर लन्चिङ्ग हुदै

२०८० फागुन ३०, बुधबार प्रकाशित ( महिना अघि) ३०३ पाठक संख्या

घनश्याम बगाले

कावासोती । बुटवल नारायणगढ पूर्वी खण्ड सडक बिस्तारको कार्य प्रगति ४८ प्रतिसत पुगेको छ । सडक बिस्तारको झिनो गति बीच आयोजनाले ठूला पुलमा गर्डर राख्ने काम पनि थालेको छ ।

पूर्व पश्चिमको व्यस्त सडक निर्माण हुँदै गर्दा कतै पिच त कतै धुलाम्मे अवस्थामा सवारी तथा यात्रुहरू राजमार्गमा हिडि रहेकाछन् । सडक पिच गर्ने क्रममा मंगलबार पूर्वी नवलपरासी सदरमुकाम कावासोती स्थित खरकट्टा जंगलमा दुई तर्फी कालोपत्रको काम सकिएको छ ।

सडक बिस्तार ठेक्का पाएको चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेशनले जंगल क्षेत्रको करिव ४ किलोमिटर दुरिमा बाँकि रहेको हात्तीलिढे खण्डमा पिच गरे संगै दुई तर्फी काम सकिएको हो । यस्तै पूर्वी खण्डको यस सडकलाई पहिलो चरणको दुई तर्फी पिच गर्ने काम रजहर,अमरापुरी र हर्कपुर क्षेत्रमा यस अघि नै भई सकेको छ ।

चाईना स्टेटका प्रोजेक्ट म्यानेजर ईन्जिनियर राकेश झाका अनुसार खरकट्टामा सडकको काम सकिएकाले अब चोरमार जंगल खण्डमा पिचको काम थालिने छ । त्यस पछि क्रमशः पितौजी, डण्डा र कावासोती क्षेत्रमा सडकको दक्षिणी भागमा पिचको काम हुने झाले बताउनु भयो । वर्षौं सम्म धुलो र हिलोले आजित यात्रु, सवारी चालक तथा स्थानीयले सडक खण्डमा भई रहेको छिटपुट कालोपत्रको कामले थोरै भए पनि राहत मिलेको बताएकाछन् ।

हाल सम्म नारायणगढ देखि डण्डा सम्म दुवै तर्फ गरि कुल २४ दशमलव ५ किमि सडक पिच गर्ने काम पूरा भएको छ । ईन्जिनियर झाले पूर्वी खण्डको समग्र सडक निर्माणमा भौतिक प्रगति ४८ प्रतिसत पुगेको जानकारी दिनु भयो । निर्माणकै क्रममा पूर्वी खण्डका ठूला १२ पुल मध्ये ११ ओटाको सवस्टक्चर पूरा भएको र लामो पुल अरूणखोलामा पनि निर्माणको काम अघि बढेको जनाईएको छ ।

त्यसै गरि लोकाहा पुलमा गडर लन्चिङ्गको काम दुई ठूला मेसिन आएसंगै सुरू भई सकेको झाले बताउनु भयो । निर्माण कम्पनीले पुलमा बिछाउने कंक्रिट गडर सम्वन्धित पुलको दायाँबायाँ यस अघि नै निर्माण गरि राखे पनि मेसिन अभावमा लन्च गर्न सकेको थिएन ।सडकका साना २२ पुलमा २० ओटाको काम सकिएको र बाँकी २ मा पनि काम भई रहेको झाको भनाई छ ।

कम्पनीले तोकिएको म्याद भित्र नारायणगढ देखि दुम्किबास सम्म ६१ किलोमिटर सडकमा एक तर्फी भए पनि सडक पिच गर्ने लक्ष्य सहित अघि बढेको बताएको छ । जसका लागि कम्पनीले १४ ग्रेडर, १४ रोलर,१८ एक्साभेटर,३५ डम्फर तथा पिच गर्ने २ पिभर सहित ४ ओटा पिच रोलरका साथ सडक निर्माण कार्यमा दैनिक करिव ८ सय कामदार खटिएको जनाएको छ ।

सरकारले चाईना स्टेटलाई २३ जुलाई २०२४ सम्म सडक निर्माणको काम सक्ने गरि पछिल्लो पटक म्याद थपेको थियो । सडक क्षेत्रको भौगोलिक अवस्था र निर्माणको काममा अल्लि पछि परेको दाउन्ने खण्डमा बनाउनु पर्ने ३३ कल्भर्ट मध्ये ८ वटा बक्स कल्भर्टको काम भई रहेको बताईएको छ । पहाडी भूगोलको जटिलता बीच बाँकी कल्भर्टको काम पनि अप्रिल अन्तिम सम्म जारि रहने कम्पनीले बताई रहदा यस पटकको वर्षामा दाउन्ने क्षेत्रमा यात्रुले थप कष्ट भोग्नु पर्ने त होईन थप चिन्ताको बिषय बनेको छ ।

राष्ट्रिय गौरभको यस आयोजनामा १६ अर्व ९९ करोड ५२ लाखको लागतमा ४२ महिना भित्र सक्ने गरी विगत २०७५ चैत महिनाबाट सडक बिस्तारको काम सुरू भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस