२०८१ बैशाख २४, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीमा महिलाले आफैले आफ्नो घाँटी रेटिन्न

२०८१ बैशाख १४, शुक्रबार प्रकाशित ( हफ्ता अघि) ३५९ पाठक संख्या

कावासोती ।  कावासोतीमा एक जना महिलाले आफैले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेकी छिन् ।

नवलपुरको कावासोती नगरपालिका बस्ने २७ वर्षीय महिलाले चक्कुले घाँटी काट्ने प्रयास गरेकी हुन् । उनले फोनमा आफ्नो श्रीमानसँग कुराकानी गर्दा गर्दै आत्महत्याको प्रयास गरेकी थिइन् ।

श्रीमानसँग फोनमा कुराकानी गर्दागर्दै एक्कासी चिच्चाएपछि श्रीमानले आमालाई फोन गरेर खबर गरेपछि उनका आफन्त र प्रहरीले उनलाई उपचारको लागि अस्पताल लगेका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार महिलाको अवस्था गम्भीर रहेको छ । उनको मध्यविन्दु अस्पतालमा उपचार पश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्‍याइएको प्रहरीले जनाएको छ । ती महिलाले केही समयदेखि डिप्रेसनमा रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस