२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

प्रेस युनियन नवलपुरको अध्यक्षमा खगराज सापकोटा चयन

२०८० जेष्ठ ६, शनिबार प्रकाशित ( महिना अघि) ३३७ पाठक संख्या

कावासोती । नेपाली कांग्रेस निकट पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन नवलपुरको अध्यक्षमा खगराज सापकोटा चयन भएका छन्। युनियनको शुक्रबार सम्पन्न ११औँ साधारणसभा तथा अधिवेशनले सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनले उपाध्यक्षमा सुजन अधिकारी, समावेशी उपाध्यक्षमा मिना कँडेल , सचिवमा कल्पना कुँवर , सहसचिवमा गीता गैरे , कोषाध्यक्षमा अजय पौडेल चयन भएका छन् ।

सदस्यहरूमा गोविन्द रिमाल , एलिना केसी , नवराज अधिकारी, शुसिल भुसाल , निकेश काफ्ले , नारायण प्रसाद भुर्तेल , नारायण सुवेदी , सन्तोष गौडेल , सञ्जय भट्टराई र दिपा पंगेनी निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनको उद्घाटन समारोमा विभिन्न शीर्षकका पुरस्कारले अग्रजहरुलाई सम्मान गरिएको थियो ।

नेपाल प्रेस युनियन नवलपुर शाखाले प्रदान गर्दै आएको सूर्यभक्त पतनादेवी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट राससका कार्यकारी सम्पादक एवं प्रदेश तथा जिल्ला ब्युरो प्रमुख सूर्य चन्द्र बस्नेत सहित चार जना पत्रकारलाई सम्मान गरिएको हो ।

सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ /२०७९ बाट बस्नेत सहित ,बिबिसी नेपाली सेवाका ईश्वर जोसी , डा.भूमिराज चापागाईँ र नेपाल टेलिभिजन सञ्चालक समिति अध्यक्ष समिरजङ साह सम्मान गरिएको हो । उक्त पुरस्कार रु २५ हजार राशिसहित पत्रकारहरु सम्मानित भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस