२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

४३ महिनामा बुटवल- नारायणगढ सडक ११ सय मिटर कालोपत्रे  

२०७९ माघ १९, बिहिबार प्रकाशित ( साल अघि) २९६२ पाठक संख्या

नारायण शर्मा 

पूर्वी नवलपरासी — बुटवल–नारायणगढ फराकिलो पार्ने काम सुरु गरेको ४३ महिनापछि बल्ल ११ सय मिटर कालोपत्रे गरिएको छ । राजमार्गको भेंडाबारी– हर्कपुर खण्डमा ११ सय मिटर सडक कालोपत्रे भएको हो । इन्जिनियर राकेश झाका अनुसार कालोपत्रे गरिएको त्यो खण्डमा ६ सेन्टिमिटर बाक्लो पिच गरिएको छ ।

त्यहाँ अझै ४ सेन्टिमिटर कालोपत्रे बाक्लो थपिने छ । महेन्द्रराजमार्ग ठेक्का लिएको ४३ महिनापछि राजमार्गमा पहिलो पटक यति लामो पिच देख्न पाइएको हो । त्यहीं खण्डमा दुई साता अघि १ सय २० मिटर कालोपत्रे परीक्षण गरिएको थियो । यसअघि गरिएको परीक्षण कालोपत्रेदेखि पश्चिमतर्फ बुधबार ९ सय ८० मिटर थपेर कुल ११ सय मिटर थप गरिएको हो ।

६ लेनको सडक अन्तर्गत पहिलो पटक परीक्षणका लागि एक लेन मात्र पिच ( कालोपत्रे) गरिएको हो । यसै ठाउँमा थप अर्को लेन पनि कालोपत्रे गरेर आवगमन खोल्ने कि अन्यत्र गर्ने भन्नेमा प्राविधिकहरुबीच छलफल भइरहेको इन्जिजियर झाले बताए । राजमार्ग निर्माणको काम कछुवा गतिमा भइरहेको भन्दै आलोचना भइरहँदा राजमार्गमा ४३ महिनायता पहिलो पटक एक लेनमा कालोपत्रे भएको हो ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गत साता राजमार्गको स्थलगत निरीक्षण गरेर चाँडो सडक निर्माण सक्न आग्रह गरेका थिए । राजमार्ग ठेक्का लिएको ३ वर्षको अवधिमा सडक निर्माणको काम सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता भएपनि यो खण्डमा बुधबारसम्म २३ प्रतिशत मात्र काम सम्पन्न भएको छ । गत साउन २२ गते ३ वर्षे अवधि सकिएपछि एक वर्ष थपिएको छ ।

बुटवल नारायणगढ सडक खण्डको १ सय १४ किलोमिटर राजमार्ग फराकिलो पार्न चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले करिब १७ अर्बमा ठेक्का लिएको हो । राजमार्ग फारकिलो पार्ने भन्दै पुरानो पिच उप्काएपछि राजमार्ग धुलाम्मे छ । राजमार्ग निर्माणका क्रममा धुलो उड्न नदिन पानी हाल्नु पर्ने सम्झौता भएपनि नियमित नहुँदा स्थानीय तथा यात्रुहरुले सास्ती व्यहोर्दै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%४%३%१%२%१८%

प्रतिक्रिया दिनुहोस