२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

हुप्सेकोटमा घरदैलो अभियानलाई तिव्रता दिदै

२०७९ बैशाख २०, मंगलबार प्रकाशित ( साल अघि) १५५८ पाठक संख्या

कावासोती । स्थानीय तह निर्वाचनको मिति नजिकिएसंगै राजनीतिक दल र उम्मेदवारहरुले प्रचारप्रसारलाई तीव्र रुपमा अगाडि बढाएका छन । अहिले उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्रता दिएका छन ।

हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेसको अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले पनि घरदैलो अभियानलाई तिव्र रुपमा अगाडि बढाएका छन । गाउँपालिका अध्यक्षका उम्मेदवार लक्ष्मीदेवि पाण्डेले समृद्ध हुप्सेकोट बनाउन बाकि रहेका योजनाहरुलाई पुरा गर्दै जनभावना अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य,बाटो निर्माण देखि लिएर महिला वालवालिका, जेष्ठ नागरिक र अपाङगता भएकाहरुको अधिकार संरक्षण गर्दै सशक्तिकरण गर्ने, सेवा प्रवाहलाई छिटो छरितो गर्ने लगाएका योजनाहरु सहित मतदाता संग मत माग्दै आफ्नो समुहलाइ मतदान गर्न आग्रह गर्नुभएको थियो । कार्यकर्ता सहित अध्यक्ष पदका उम्मेदवार लक्ष्मिदेवि पाण्डे र उपाध्यक्ष पूर्ण सिं राना लगाएतको समुहले विहान देखि नै वडा नम्बर २ को कोलिया क्षेत्रमा घरदैलो गरेको छ ।

समृद्ध हुप्सेकोट बनाउने आफ्ना योजना संगै जनचाहना र सुझावहरु ग्रहण गर्दै घरदैलो कार्यक्रमलाई तिव्रता दिइएको अध्यक्ष पदका उम्मेदवार पाण्डेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस