२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ सय नाघ्यो

२०७८ जेष्ठ २५, मंगलबार प्रकाशित ( साल अघि) १३४६ पाठक संख्या

चोरमारा । मध्यबिन्दु नगरपालिकामा कोरोना भाइरस संक्रमण बाट निको हुनेको संख्या २ सय नाघेको छ।

मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत कोभीड फोकल पर्सन माधब प्रसाद पोखरेलका अनुसार कुल ३ सय २७ संक्रमित मध्ये जेठ २५ सम्म २ सय १३ जना निको भएका छ्न ।

अब नगरपालिकामा १ सय ६ जना सक्रिय संक्रमित बाँकी रहेको छ भने सक्रिय संक्रमित मध्ये ९० जना होम आइसुलेसनमा र १६ जनाको उपचार भैरहेको पोखरेलले बताउनुभयो ।

त्यसमध्ये चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा ५ जना , मध्यबिदु जिल्ला अस्पतालमा ३ जना , चितवन मेडिकल कलेजमा ३ जना , भरतपुर अस्पतालमा ३ जना र अन्यमा २ जना गरि जम्मा १६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

त्यस्तैगरी नगर स्वास्थ्य शाखाले बिभिन्न ठाउँमा अवस्थित ७ वटा स्वास्थ्य चाैकीबाट कोरोना संक्रमणको आशंकाभई अस्वस्थ महशुस गरेका नागरिकलाई एन्टिजेन माध्यमबाट कोभिड परीक्षण गर्दै आइरहेको छ।

हाल सम्म नगरपालिका भित्र कोरोना संक्रमण बाट ८ जना मृत्यु भैसकेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस