२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा किसानलाई २० लाख अनुदानमा डीप बोरिङ

२०७८ अषाढ ४, शुक्रबार प्रकाशित ( साल अघि) २१३९ पाठक संख्या

कोल्हुवा । मध्यविन्दु  नगरपालिका – २ स्थित बलघट्टामा डिप बोरिङ निर्माणकार्य सुरु भएको छ ।

गण्डकी प्रदेश भुमीगत सीचाई योजना अन्तर्गत २० लाख अनुदानमा डीप बोरिङ गाड्ने काम संचालन भएको हो ।

उक्त योजनाबाट भागरका ५० घर धुरी लाभान्वित हुने उपभोक्ता समीतीका संयोजक रोम बहादुर बोहराले जानकारी दिनुभयो ।

उर्बरा र समथल जमिन भएको यस क्षेत्रको ६० बिगामा सिचाई गरेर कृषकहरुले मनग्गे कृषि उत्पादन गर्ने सक्ने संयोजक बोहराको भनाई छ । ९५ मिटर गहिराईबाट डिप बोरिङ निर्माण गरि पानी निकाल्ने काम भैरहेको उहाँले बताउनु भयो ।

त्यस्तै बलघट्टा अवस्थित भागरमा करिब ४०० बिघा क्षेत्रफलमा फैलिएको एउटै फाट छ । प्रदेश सरकारबाट ५ वटा डिप बोरिङको माग भएकोले सुरुवातमा पहिलो डिप बोरिङ गाड्ने क्रम भैईरहेको वडा अध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो ।

अहिले बोरिङ जडान थालिएको क्षेत्रमा ५० भन्दा बढी किसानले सिँचाइ सुविधा पाउने भएका छन् । दुई÷चार कट्ठा जग्गामा भएका गरिब किसानले अब सिँचाइ सुविधा पुगेपछि तरकारी खेतीबाट अपेक्षित उत्पादन लिन सक्ने र जीवनमा सुधार आउने वडा अध्यक्ष पौडेलको भनाई छ ।

बोरिङबाट पानी निकालेपछि सिचाई हुने र कृषि उत्पादन बढ्ने भएपछि त्यहाँका कृषकहरु खुशी भएका छन् ।

सिचाई नहुदा कृषि उत्पादन पनि निकै कम हुने गरेको थियो । यो क्षेत्रमा पानीको समस्या समधान गर्न पम्प सेट र लिफ्ट बाट नारायणीको पानी तान्ने कार्य यस अघि असफल हुँदा किसानहरु चिन्तित थिए ।

यस् क्षेत्रका बस्तीका अधिकांश बासिन्दाको जीवन निर्वाहको आधार खेती नै रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस