२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

पूर्वी नवलपरासी हुप्सेकोटमा कांग्रेस विजयी

२०७९ जेष्ठ ३, मंगलबार प्रकाशित ( साल अघि) १८४५ पाठक संख्या

कावासोती — हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । ६ वटै वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी भएको हो । लक्ष्मी पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी छन् । त्यहा कांग्रेसकै पूर्णसिंह राना उपाध्यक्ष चुनिएका छन् ।

हुप्सेकोटमा वडा नम्बर २ मा एमालेबाट वडा सदस्यका उम्मेदवार लिलाबहादुर ठाडा झिनो मतान्तरले विजयी भएका छन् ।

पाण्डेले आफ्ना प्रतिस्पर्धी एमालेका चेतबहादुर रानालाई ७ सय १४ मतान्तरले पराजित गरेकी हुन् । पाण्डेले ६ हजार ४ सय ५५ र रानाले ५ हजार ७ सय ४१ मत पाएका थिए । उपाध्यक्षमा कांग्रेसका पूर्णसिं रानाले ६ हजार ७ सय ५ र एमालेकी मनी पाण्डेले ५ हजार ७ सय ३८ ल्याएका थिए । फालमखानी रहेको यो गाउँपालिकामा विकट पहाडी क्षेत्रमा पर्छ र मगर समुदायको बाहुल्यता छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस