२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

निषेधाज्ञाको तेस्रो दिन सुनसान नवलपुर

२०७८ बैशाख २४, शुक्रबार प्रकाशित ( साल अघि) १८८७ पाठक संख्या

कावासोती । कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि नवलपुरमा प्रशासनले अपनाएको जिल्ला निषेधाज्ञाको आज तेस्रो दिन हो ।

नवलपुरमा लगाइएको निषेधाज्ञाको आज तेस्रो दिन कावासोती सहित जिल्लाभर कुनैपनि सवारी साधन चल्न पाएनन् ।

नवलपुर भित्री तथा सहयाक बाटो , टोल, बस्ती, गलीमा स्थानीयको भीड भाड देखिएको छैन यस पटकको निषेधाज्ञामा स्थानीयको समेत एक्यबद्धा जनाएको देखिएकोछ ।

बजारका सामान्य चिया तथा घुम्ति पसल समेत खुलेका छैनन् । यद्यपी एकाध पसल खुलेका पाईएको छ । त्यही पनि बिहान १/२ घण्टाको लागि खुल्ला गरेको पाइन्छन् ।

जिल्ला प्रशासन नवलपुरले यो अवधिमा अत्यावश्यक कामबाहेक अन्यलाई घर बाहिर निस्कन छुट दिइएको छैन ।

जिल्ला स्तरीय विपत व्यवस्थापन समितीको बैठकले वैशाख २१ गते देखि जेठ ४ गतेसम्म १५ दिन निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

पछिल्लो समय नवलपुरमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहनु र मृतकको संख्या बढेर जाँदा सर्वसाधरणको उपस्थिती नियन्त्रणका लागि यो विधि अपनाइएको नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।

यो महामारीका विरुद्ध विश्व लडिरहेको बेला हामि समेत यहि लडाईमा छौ सबैले आफ्नो जिम्मेबारी पूरा गर्नका लागि घरमै बस्नु बाहेक अरु विकल्प नभएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस