२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुर र तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जना घाइते

२०७७ चैत्र १९, बिहिबार प्रकाशित ( साल अघि) १३६७ पाठक संख्या

गण्डकी प्रदेशअन्तर्गत आज तनहुँ र नवलपरासी (पूर्व) जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई घाइते भएका छन् ।

तनहुँको ब्यास नगरपालिका–४ भोर्लेटार चोकस्थित पृथ्वीराजमार्गमा दमौलीबाट घाँसी कुवातर्फ जाँदै गरेको वाग्मती प्रदेश–०२–०१९ प ३११४ नं को मोटरसाइकलले पैदलयात्री ब्यास–११ का ६५ वर्षीय पुतली विकलाई ठक्कर दिँदा घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।घाइतेको उपचारका लागि रत्नहरि अस्पताल दमौली पठाइएको र अवस्था मध्यम रहेको जनाइएको छ ।

त्यस्तै नवलपरासी (पूर्व) देवचुली नगरपालिका– १७ गौरीशङ्कर पेट्रोलपम्प स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ५७ प ४६७१ नंको स्कुटी र विपरीत दिशाबाट जाँदै गरेको बा ८७ प ७८२३ नं को मोटरसाइकल ठक्कर खाँदा स्कुटर चालक कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका–९ बस्ने २७ वर्षीय गङ्गा भुसाल घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए । दुवै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस