२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा २० रुपैयाँको नुन २५ रुपैयाँ !

२०७७ आश्विन २९, बिहिबार प्रकाशित ( साल अघि) १०८७ पाठक संख्या

बिबेक भण्डारी, नवलपुर,असोज २९ । 

अहिले बजारमा अन्य उपभोग्य वस्तुको तुलनामा नुनको मूल्यमा व्यवसायीहरुले आफु खुशी मूल्य बढाएको पाइएको छ ।साल्ट ट्रेडिङले नुनको प्याकेटमा नै बिस रुपैया उल्लेख भए पनि उपभोक्ताहरुले प्रति प्याकेट २५ रुपैया तिर्ने गरेका छन् ।

मुल्य अंकित भएको नुनको प्याकेटमा नै प्रति प्याकेट २० रुपैया लेखिएको छ तर उपभोक्ता भने जानाजान मूल्यमा ठगिएका छन् । खानाका लागि अति आवश्यक पर्ने र आयोडिनका लागि चाहिने आयो नुनमा नै उपभोक्ताहरु अहिले ठगिएका छन् ।नवलपुरमा भैरहवा र विरगञ्जबाट नुन आयात हुने गरेको छ । केही दिन अघि घरेलु तथा साना उद्योग कार्यालय नवलपुरले नवलपुरका सबै बजारमा गरेको अनुगमनमा पनि नुनको मूल्य उपभोक्ताहरुले बढी तिरेको पाइएको छ ।‘नुन र प्याजको मूल्य बृद्धि कसरी भएको छ हामीले बुझ्ने प्रयास गरेका छौ, थोक बिक्रेताहरुले नै बढि मूल्यमा खरिद गरेको र खुद्रा व्यापारीसम्म आइ पुग्दा मूल्य बढि भएको पाइएको छ’ घरेलु तथा साना उद्योग कार्यलय नवलपुरका प्रमुख बिक्रम सुबेदीले भने ।बजारमा नुनको मुल्य व्यवशायिहरुले आफु खुशी लिएको भए पनि संम्बन्धित निकायले भने चासो दिएको छैन । नुन र प्याजमा मूल्य तोकिएको भए पनि व्यवशायिले लिने आफु खुशी मूल्यमा भने नियन्त्रण हुन सकेको छैन ।

बजारमा नुन र प्याजको मूल्य बढि भएको पाइएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष डोरमान गिरीले बताए ।उनका अनुसार व्यापारीले खरिद गर्दे महंगोमा खरिद गरेका कारण उपभोक्ताहरुले बढि मुल्य तिर्नु परेको बताए । ‘हामीले अनुगमनका क्रममा पनि नुनमा तोकिए अनुसारको मुल्य नभएको पायौँ, हामीले जिल्ला प्रशासनमा यो विषयमा कुरा उठाएर छलफल गरि मुल्यमा एकरुपता र सरकारले तोके अनुसारको मुल्यमा बिक्रि वितरण गर्ने वातावरण बनाउन लाग्छौ’ – उपभोक्ता हितसंरक्षण मञ्चका अध्यक्ष गिरीले भने ।
उपभोक्ताहरुले अहिले नुनको मुल्य प्रति प्याकेट २५ र दुई प्याकेटलाई ४५ रुपैया तिर्दे आएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस