२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पेस्तोल सहित दुई जना पक्राउ

२०७७ फागुन २४, सोमबार प्रकाशित ( साल अघि) १११० पाठक संख्या

कावासोती । नवलपुरको चालिसकिलोबाट प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीका अनुसार आइतबार दिउँसो १ बजेतिर नवलपुर प्रहरीले पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ चोरमारा डण्डाबीच जंगल ४० किलोमिटर भन्ने स्थानबाट पेस्तोल सहित २ जनालाई पक्राउ गरेको हो।

हतियार   बरामद गरे पनि प्रहरीले हतियार  को नाम खुलाई सकेको छैन भने घटनाको अनुसन्धान जारी रहेकोले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना ५ ख ६५६३ नं.को बस सवार यात्रुहरुलाई चेकजाँचको क्रममा प्रहरीले हतियार बरामद गरेको हो । हतियारसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस