२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जिप दुर्घटना ३ जनाको मृत्यु

२०७९ मंसिर १५, बिहिबार प्रकाशित ( साल अघि) १४०१ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीको महेन्द्रराजमार्गमा पर्ने दल्दले बजारबाट डेढगाउतर्फ जाँदै गरेको ००१ ज ०००६ नम्बरको जिप भीरबाट करिब डेढ सय मिटर तल खस्दा ३ जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् ।

प्रहरी निरीक्षक साजन शर्माका अनुसार हुप्सेकोट गाउँपालिका वडा नं‍ ५ मा पर्ने कान्छीपानीमा साँझ ५ :२० बजे जीप दुर्घटनामा परेको हो ।

राइकोट भन्ने स्थान नजिक भीरबाट जिप खस्दा ६ जना घाइते भएका स्थानीय नोबल सिंह थापाले टेलिफोनमा जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार ५ जनालाई उद्धार गरेर जिपमा भरतपुर पठाइएको छ । अन्य २ जनाको उद्धारकार्य जारी छ । घटनास्थलमा बुलिंटार, डेढगाउँ, रुद्रपुर र जिल्ला प्रहरी कार्यालयको उद्धार टोली पुगेको र अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

दल्दलेवाट जादैगर्दा ५ जना रहेको र बिच बिचवाट चढेका समेत गरेर नौ जना पुगेको स्थानियको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%५%१%

प्रतिक्रिया दिनुहोस