२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा थप १२ जनामा कोरोना पुष्टि

२०७७ आश्विन ८, बिहिबार प्रकाशित ( साल अघि) १०२४ पाठक संख्या
असोज ८ बर्दघाट । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमितहुनेहरु सबै पुरुष हुन् भने ति मध्ये जिल्ला कारागार भित्रका ३ जना र जिल्ला प्रहरी कार्यालय भित्रका ३ जवान पनि रहेका छन् ।

जिल्लाको रामग्राम नगरपालिका भित्रका २१, २३ र २५ बर्षका पुरुष, सुनवल नगरपालिका वडा नं. ३ र ५ का ३५, २१ र ५१ बर्षका तीनजना पुरुष, जिल्ला कारागार भित्रका ४०, २६ र ६६ बर्षका तीनजना थुनुवा, त्यसैगरी जिल्ला प्रहरी कार्यालय भित्रका २८, २५ र ३९ बर्षका तीनपुरुषमा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नवलपरासी पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या ५ सय २३ पुगेको छ । यस्तै आजै रामग्राम ३ का ५५ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस