२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको सामानहरू बरामद

२०७८ भाद्र २९, मंगलबार प्रकाशित ( साल अघि) २०८८ पाठक संख्या

नवलपरासी पश्चिम, २९ भदौ

अवैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउँदै गरेका करिब ३ लाख १६ हजार ७ सय रुपैयाँ मूल्य बराबरका विभिन्न सामानहरू पाल्लीनन्दन गाउँपालिका(४ भक्सिपुरबाट मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

सिमा प्रहरी चौकी महेशपुर नवलपरासी पश्चिमबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले मोटरसाइकलमा ल्याउँदै गरेको करिब २ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको भिडिओ क्यामराको पार्टपूर्जाहरु र ३४ हजार ३ सय रुपैयाँ बराबरको हार्डवयरका सामानहरु सोही स्थानमा छाडेर मोटरसाइकल लिई फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस