२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

गण्डकीमा प्रदेशमा दीपक मनाङे मन्त्री बन्दै, आजै शपथ

२०७८ बैशाख १६, बिहिबार प्रकाशित ( साल अघि) २३१० पाठक संख्या

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डलमा स्वतन्त्र सांसद दिपक मनाङेलाई मन्त्री बनाएका छन्।

मुख्यमन्त्री गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री गुरुङ निकट स्रोतका अनुसार नवनियुक्त मन्त्री गुरुङको बिहीबारै सपथ राखिएको छ ।
सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन् ।

संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदानको कार्यक्रममा मनाङे अनुपस्थित भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस