२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानी संस्थाले रतनपुर क्षेत्रमा खानेपानीको पाईप विस्तार

२०७८ जेष्ठ ३०, आईतबार प्रकाशित ( साल अघि) २१६३ पाठक संख्या

कोल्हुवा । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मध्यबिन्दु नगरपालिका वार्ड नं ३ अवस्थित रतनपुर क्षेत्रमा खानेपानीको पाईप विस्तार गर्ने कार्य सम्पन्न भएको छ ।

त्यस क्षेत्रका उपभोक्ताले अब सजिलै स्वस्थ पानी पिउन सक्ने भएका छन् । उपभोक्ताहरुले खानेपानीको धारा जडानका लागि १६ हजार ५०० रूपैयाँ तिर्नुपर्छ तर असार १५ गते सम्मका लागि ४० प्रतिशत छुट दिनेभनेर बैठकबाट निर्णय भएकोले प्रति धारा १० हजार ५०० रकम मात्र बुझाए हुने भएको छ ।

धारा जडान गर्दा भने फिटिङ्ग समान स्वयम उपभोक्ताले नै व्यहोर्नुपर्ने कोल्हुवा खानेपानीका व्यवस्थापक हरि पौडेलले जानकारी दिनुभयो ।

खानेपानीको समस्या रहेको यस गाँउमा पानीको धारा आउने भएपछि यहाँका स्थानियहरु खुसी भएका छन् ।

आफ्नै गाउँ छेउमा रहेको छिमेकीकोमा पानीको धारा रहेको र आफुहरु हाते धारा इनारको पानी खान बाध्य भएको बताउदै पानी आउने भएपछि यहाँका स्थानियहरु खुसी भएका हुन् ।

साविक कोल्हुवा गाविसमा पर्ने रतनपुर क्षेत्रमा खाने पानीको धारा नरहेको हुदाँ यहाँका स्थानीयहरु चापाकलको पानी खान बाध्य भएका थिए ।

रतनपुर क्षेत्रमा धारा जडान शुल्कमा छुट सम्बन्धि सूचना

FB_IMG_1623572458973

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस