२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

कर्मचारी आन्दोलनमा उत्रिएपछि नवलपुरका स्थानिय तहको काम प्रभावित

२०७५ पौष २, सोमबार प्रकाशित ( साल अघि) ९७७ पाठक संख्या

बिजय चालिसे  

पुस, ०२, कावासोती । स्थानीय तह टे«ड युनियन संयुक्त आन्दोलन परिचालन समितिले आजदेखि नवलपुरसहित देशभरका स्थानिय तहमा आन्दोलन सुरु गरेका छन् । कर्मचारी समायोजन अध्यादेशको विरोधमा नवलपुरका स्थानीय तहका कर्मचारीहरु आज कार्यालयमा काम बन्द गरि बिहान १० बजेदेखि ४ बजेसम्म धर्नामा बसेका हुन् ।

कर्मचारी आन्दोलित भएपछि नवलपुरका आठ वटै स्थानिय तहमा कामकाज प्रभावित बनेको छ । कामकाज ठप्प हुदाँ सेवा लिन जाने सेवाग्राही समस्यामा परेका छन् । सांकेतिक विरोध स्वरुप देशभरका स्थानीय तहमा कामकाज बन्द गरी कार्यालय परिसरमै धर्ना बस्ने पूर्व घोषित कार्यक्रम अनुसार कर्मचारी धर्नामा बसेका हुन् ।

नवलपुरका सबै स्थानिय तहमा धर्नामा बसेको स्थानिय तह कर्मचारी संघ नवलपुरका अध्यक्ष अविनास पन्थिले जानकारी दिनुभयो । यता नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति कावासोती नगरपालिकामा कार्यरत कर्मचारीले नगर प्रमुख चन्द्रा कुमारी पुनलाई ज्ञापनपत्र बुझाउँदै धर्नामा बसेका थिए । इकाई समिति कावासोतीका अध्यक्ष राम नारायण चौधरीको नेतृत्वमा धर्नामा बसेका कर्मचारीले कामकाज ठप्प बनाएका हुन् । साविकको स्थानीय निकायमा कार्यरत श्रेणीविहिन कर्मचारीहरुको तह, सेवा र सुविधा तत्काल वृद्धिका लागि सरकारलाई दवाव दिन आन्दोलन गर्नुपरेको परिचालन समितिले जनाएको छ ।

आन्दोलनका कार्यक्रम अनुसार भोली विहान १० बजेदेखि १२ बजेसम्म सबै स्थानीय तहका कार्यलयहरुमा कालोपट्टी बाँधी कामकाज ठप्प गर्ने जनाएका छन् । त्यसैगरी पौष ४ गते विहान १० बजेदेखि २ बजेसम्म र पौष ५ गते दिउँसो ३ बजेसम्म कालोपट्टी बाँधी कामकाज ठप्प पार्ने घोषणा यसअघि नै गरिसकेका छन् । त्यसैगरी ६ गतेदेखि १० गतेसम्म दिनभर कामअवरुद्ध पार्ने कर्मचारीहरुले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस