२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरकै नमुना श्री अरबिन्द आश्रम

२०८० जेष्ठ १, सोमबार प्रकाशित ( महिना अघि) २४२१ पाठक संख्या

कोल्हुवा । आश्रम भन्ने बित्तिकै धेरैलाई लाग्न सक्छ योग, ध्यान, एकान्तबास, जीवनबाट बिरक्ति भएकाहरु बस्ने ठाउँ ।
तर नवलपुरको मध्यबिन्दु – २ कोल्हुवामा अवस्थित श्री अरबिन्द आश्रम भने फरक छ ।

प्राकृतिक सौन्दर्य,आध्यात्मिक साधाना, कलाकेन्द्र र कृषि नमुनाका रुपमा चिरपरिचित रहेको छ । संस्थापक साधक स्वामी रामचन्द्र दासले सुरु गरेको आश्रममा अर्गानिक रुपमा तरकारी र अन्नबालीको पनि खेती हुन्छ ।

Nawalnews

यस आश्रममा ज्ञानयोग, भक्तियोग र कर्मयोगको समन्वय छ। अर्थात यहाँ ज्ञान र भक्तिको मात्र कुरा हुन्न सँगसँगै गाईपालन र तरकारी खेती जस्ता कृषि कर्म पनि गरिएको छ । २० विगाहा जग्गामा फैलिएको आश्रममा अहिले ७० वटा गाई पालिएको छ ।

आश्रमले अर्गानिक खेती समेत सुरु गरेको छ । आश्रमले उत्पादित आलु, मुला, प्याज, बन्दा, काउली, गोलभेंडा, खुर्सानी, काँक्रोलगायतका तरकारी उत्पादन गर्दै आएको आश्रमकी साधिका दुर्गा भण्डारीले बताउनुभयो।

आश्रममा उत्पादन भएका साग, तोरी, ब्रो काउली, बन्दा, काउली , मुला लगायतका तरकारी स्थानीय बजारमा बिक्री हुन्छ । दुध स्थानीय डेरीमा बिक्री गरिन्छ । घ्यू भने बिभिन्न कुटनीतिक निकाय मारवाडी समुदायले धेरै किन्छन् । अर्गानिक उत्पादन भएकाले राम्रो र शुद्ध खोज्नेहरुले आश्रमको घ्यू किन्ने भण्डारीले बताउनुभयो ।

Nawalpur News

आश्रममा  करिब ७० जनाको परिवार रहेको छ। जहाँ ४५ जना बालवालिकाले पढाई अघि बढाइरहेका छन् । कतिपयले यही संस्कृत शिक्षा, योग, ध्यान, समपर्ण र अध्यात्मिक जीवन जिउने कला सिक्दैछन्। कतिपयले भने बिज्ञान, तथ्याङ्क शास्त्र, अंग्रेजी लगायतका विषयमा विश्वविद्यालय तहको अध्ययन गरिरहेका छन् ।

बिहान बेलुका करेसाबारी र गाईका लागि काम गर्ने बानी समेत बालबालिकामा छ । आश्रममा रहेका सबै साधक साधिकाले आफ्नो क्षमता अनुसार काम गर्छन् । सभ्य नागरिक उत्पादन नै आश्रमको ध्येय रहेको साधिका दुर्गा भण्डारी बताउनुहुन्छ ।

IMG 20220115 WA0006

कोल्हुवा संगै थानकोट र गुल्मीमा समेत आश्रमले आयमुलक काम गरेको छ । गाईपालन, तरकारी खेती ,योगा सिकाउने, अगरबत्ती बनाउने, वातारण मैत्री उर्जाको प्रयोग, सिलाइबुनाई हस्तकलाका सामग्री यहाँ बनाइन्छ ।

साधिका दुर्गा भण्डारी के भन्नु हुन्छ ? श्री अरबिन्द मन्दिर (आश्रम) बारेमा ।

श्री अरबिन्दो योग मन्दिर एक नाफा नकमाउने संस्था हो, जुन २०५८ मा स्वामी रामचन्द्र दासद्वारा कोल्हुवामा स्थापित गरिएको थियो, जसले श्री अरबिन्द र आमाको दर्शनलाई बढावा दिन र जीवनलाई मानव जीवनको उत्तमसम्म पुर्‍याउन चाहान्छ ।

वसन्त २०७८ सम्म ( गुल्मी , थानकोट , कोल्हुवा ) गरी श्री अरबिन्दो योग मन्दिरले ३०० भन्दा बढी बालबालिका र युवालाई हेरचाह गर्छ, उनीहरुलाई खाना, आवास र शिक्षा प्रदान गरीरहेको छ ।

उहाँले यी बच्चाहरूलाई योग, ध्यान, र आध्यात्मिक मूल्यमान्यताहरूको माध्यमबाट मूल्यवान् व्यक्ति, उदार हृदय, र जीवित आत्मा भएका मानिसहरू बन्न मार्गदर्शन गराउने बताउनुभयो । बालबालिकाहरू र युवा मानिसहरूलाई बहु-आयामिक शिक्षाको वातावरण प्रदान गर्ने यस् आश्रयबाट प्रदान गरिने समेत बताउनुभयो ।

IMG 20220115 WA0004

Nawalpurnews

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२५%२८%१%

प्रतिक्रिया दिनुहोस