२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

मितिनी नेपालले विभिन्न फोबिया विरुद्धको दिवस मनाउने 

२०७९ जेष्ठ ३, मंगलबार प्रकाशित ( साल अघि) ८९१ पाठक संख्या
काठमाडौं । “हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार” नाराको साथ मितिनी नेपालले मे १७ अर्थात जेष्ठ ३ गते विभिन्न फोबिया विरुद्धको दिवस मनाउने भएको छ । महिला समलिङ्गी, द्धयलिङ्गी र  ट्रान्सजेन्डर  व्यक्तिहरूको मानव अधिकारको पक्षमा सन २००६ देखि पैरवी गर्दै आइरहेको मितिनी नाम गरेको सामाजिक संस्थाले होमोफोबिया , बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउन लागेको हो ।
सोमबार सस्थाले गरेको पत्रकार सम्मेलनमा संस्थाकी कार्यकारी निर्देशक सरिता केसीले सन् १९९० मे १७ मा विश्व स्वास्थ्य सङ्गठनले सम लैगिंकतालाइ मानसिक रोगको सूचीबाट हटाई समलैगिंक हुनु प्राकृतिक प्रक्रिया हो भनेर घोषणा गरेको दिनको सन्दर्भमा उक्त दिवस मनाउन लागेको जानकारी दिनु भयो ।
त्यसैगरी मितिनी नेपालकी संस्थापक तथा अध्यक्ष लक्ष्मी घलानले, समाजले समलैगिंक लाइ फोबियाको संज्ञा दिने लाच्छना लगाउने जस्ता कृयाकलाप अहिलेसम्म पनि गरेकोले फोबियाको विरुद्ध दिवस मनाउन लागेको जिकिर गर्नु भयो, साथै संविधानले समलैगिंकको अधिकार सुनिश्चित गरेता पनि राज्यका नीति निर्माण तहमा बस्नेहरु बाट हेलाको पात्र बन्नु परेको उँहाको भनाइ छ ।
उपराष्ट्रपतिले प्रमुख आतिथ्य गर्ने उक्त कार्यक्रममा सरकारी, संवैधानिक आयोगका प्रतिनिधि लगायतको उपस्थिति रहने बताइएको छ । सोही दिन यौनिक तथा लैगिंक अल्पसङ्ख्यकहरूको सफल जीवनमा आधारित कथा किताब विमोचन गरिने पनि जानकारी दिइएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस