२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सवारी संञ्चालनमा समस्या, धेरै स्थानमा सडक अबरुद्ध

२०७८ अषाढ २, बुधबार प्रकाशित ( साल अघि) २३२८ पाठक संख्या

बिबेक भण्डारी

नवलपुर । अविरल वर्षाले नारायणगढ बुटवल सडक खण्ड धेरै स्थानमा अबरुद्ध भएका छन ।

निरन्तर आएको वर्षाका कारण नारायणगढ बुटवल सडक आयोजना निर्माण अन्तरगत ट्रइभर्सन बगाउदा सडक अबरुद्ध बनेका छन ।

नवलपुरका विभिन्न स्थानमा दुईतर्फि ठप्प भएको सवारी लामो समय पछि एकतर्फि संचालनमा आएको छ ।

गैँडाकोट १० खरखरे खोलामा कल्भर्ट राखेपछ अहिले एकतर्फि सवारी संचालनमा आएको हो । तर दुइतर्फि सवारी आवतजावत नहुँदा समस्या भएको छ ।

अहिले नेपाल प्रहरी , आयोजनाका कर्मचारी र मेशीन प्रयोग गरेर दुई तर्फि संचालन गर्ने प्रयास भइरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%२%

प्रतिक्रिया दिनुहोस