२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा लागुऔषध सहित दुई जना पक्राउ

२०७८ अषाढ १३, आईतबार प्रकाशित ( साल अघि) २५३६ पाठक संख्या

कावासोती । नवलपुर प्रहरीले अवैध लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीको टोलीले कावासोती नगरपालिका ८ स्थित राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको नवलपुरका प्रहरी निरिक्षक मधुसुदन सिहंले जानकारी दिनुभयो ।

सिहंका अनुसार पक्राउ पर्नेमा चितवन रत्ननगर वडा नं ६ निवासी २० बर्षीय सिमोन मह्तो र भरतपुर महानगरपालिका वडा नं २ निवासी २८ बर्षीय निरज गुरुङ्ग रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट नुफिन ७० एम्पुल,फेनरागन ७० एम्पुल, डाईजोपाम ७० एम्पुल लागुऔधत बरामद गरेको छ ।

प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान शुरु गरिएको सिहंले बताउनुभयो  ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%३%१%८%

प्रतिक्रिया दिनुहोस