२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा खडेरीको प्रभाव: करोडौँको खाद्यान्न बाली सुक्यो

२०८० जेष्ठ ५, शुक्रबार प्रकाशित ( महिना अघि) ६८२ पाठक संख्या

कल्पना कुँवर

नवलपुर । केहि दिनदेखि हावाहुरी र आँधीले पानी परिहाल्छ कि भन्ने आशा पलाए पनि पानी पर्न भने सकेको छैन । बिगत चार महिना देखिको लामो खडेरीले किसानलाई सबै भन्दा बढी चिन्तित बनाएको छ ।

नवलपरासी पूर्बमा अहिलेसम्म पानी पर्न नसक्दा किसानले खेतमा लगाएको मकै ,तरकारी सबै सुकेर जाँदा करोडौँको नोक्सानी बेहोर्नु परेको मध्यबिन्दु नगरपालिका वडा नं १ पतवरीका किसान ईश्वरी महत्तो बताउनुहुन्छ ।

खडेरीले आफनो एक बिगाहाको मकै नष्ट भएको र सिँचाईको ब्यबस्था हुन सक्यो भने मात्र पनि नोक्सानी रोक्न सकिने महत्तोको भनाइ छ ।नवलपरासी पूर्बमा धान बालीपछि मकै बाली बढी लगाइन्छ । तर अहिलेको लामो खडेरीले मकै बाली पुरै नष्ट हुुँदा यो पटक खाद्यान्न किनेर जोहो गर्नुपर्ने अवस्था आएको किसानहरुको गुनासो छ ।

जिल्लाको आठै पालिकामा यतिबेला चार महनिादेखि पानी नपर्दा र धेरै भूभागमा सिँचाई सुबिधा नहुँदा किसानको मकै र तरकारी बारीमा नै डढेर गएको छ ।

पूर्बी नवलपरासी धान ,मकै, तरकारी र दूधमा आत्मनिर्भर जिल्लाका रुपमा चिनिन्छ । तर अब लामो खडेरीले मकै र तरकारीबाली नष्ट हुदाँ करोडौँको नोक्सान पर्ने मात्र होइन किसानले नै अनेत्रबाट किन्नुपर्ने अवस्था आउने उनीहरुको भनाइ छ ।

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले जिल्लामा मकै र तरकारी खेतीतर्फ किसानको आर्कषण बढे पनि लामो खडेरीले किसानलाई यो पटक गाह्रो भएको बताउनुहुन्छ । नवलपरासी पूर्बमा तरकारी र मकै खेती करीब १५ हजार हेक्टरमा लगाइनने गरिन्छ ।

यो खेतीबाट किसानले जीबिकोपार्जन मात्रै नभएर राम्रो आम्दानीसमेत लिने गरेका थिए । तर लामो खडेरीले किसानलाई परेको मर्काले यहाँका किसान पीडित बन्दै गएका छन । यसतर्फ सम्बन्धित निकायले बेलैमा सोच्नुपर्ने किसानहरुको माग छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस