२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीका ४ सय परिवारको घरघरमा राहत बितरण

२०७७ भाद्र २१, आईतबार प्रकाशित ( साल अघि) ११५८ पाठक संख्या
रन्जीत शर्मा

भदौ,२१ नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिका अन्तर्गत बाढी प्रभावित अति बिपन्न घर परिवारलाई असल छिमेकी नेपालले ४०० घरधुरी परिवारको घरघरमा राहत वितरण गरेको छ । सरावल गाउँपालिकाको समन्वयमा तथा असल छिमेकी नेपालको आयोजनामा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षतामा राहत बितरण गरिएको हो ।

असारको अन्तिममा आएको अबिरल वर्षापछि आएको बाढी र डुवान प्रभावितलाई राहत वितरण सरावल गाउँपालिका अन्तर्गत खडौना १२९ घर, मधवलिया १७२ घर, नौडिहवा २६ घर, पुसौलि ५ घर, भुजहवा १६ घर र छोट्कि बड्सार ५२ गरि ४०० घरधुरीलाई चामल २५ किलो, आटा ५ किलो, दाल २ किलो, नुन १ किलो, तेल २ लिटर, साबुन लुगाधुने ५, डिटोल साबुन ३, टुथपेस्ट १, ब्रस ५ र झुल २ वटाको दरले बितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष चौधरीले बाढी प्रभाबित अति बिपन्न परिवारलाई तत्कालै गाउँपालिकाबाट पहिलो चरणको राहत बितरण गरिएको कुरा जानकारी गराउदै दोस्रो चरणको राहत असल छिमेकी नेपालको समन्वयमा तथ्यांक संकलन गरेर समुचित ढंगले ४०० घर परिवारलाई राहत बितरण गरिएको बताए । कसैलाई पनि प्राकृतिक बिपत्तिको सामना गर्न नपरोस् भन्दै बाढी प्रभाबितलाई आफूले सक्दो सहयोग र संघ संस्थाबाट समन्वय गरेर राहत प्रदान गरेको बताउदै ‘बाढी र डुवानबाट जुन मात्रामा क्षति भएको छ, त्यसको तुलनामा हामीले दिएको सहयोग पर्याप्त नभए पनि जनताको दुःख सुखमा स्थानीय सरकारले साथदिन कुनै पनि कसर बाँकी नराख्ने प्रतिब्द्वता ब्यक्त गरे ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पौडेलले सरावल गाउँपालिका कृषि क्षेत्र भएको पालिका रहेता पनि बाढीले हजारौं बिगहा क्षेत्रफल भित्रको धानबाली वडा नं. ५ ,६ र ७ का केही पुर्णरुपमाका नष्ट भएको हो । सो क्षेत्र हेर्दा मन पोलि रहेको बताउदै राहत धेरै नभएपनि यसबाट केही दिनको समस्या समाधान हुने बताउदै असल छिमेकी नेपालले बाढी प्रभावित क्षेत्रमा यस्तो विषम परिस्थितिमा घरघरमा पुगि गरेको राहत बितरण कार्यको प्रशांसा ब्यक्त गर्दै धन्यवाद दिए ।
118851969_1022795281500488_1708196202336348991_n.jpg
राहत बितरणमा वडा नं. ६ वडा अध्यक्ष कैलास यादव ,समाजसेवी लक्ष्मीकान्त चौधरी ,घनश्याम चौधरी ,असल छिमेकी नेपालको बितिय तथा प्रशासन सहायक ओम कुमारी लुङ्गेलि ,समुदायिक शसक्तिकरण तथा जिबसको पार्जन कार्यक्रम सहायक माया महतो समाजिक परिचालक पर्मावति चौधरी, समाजिक परिचालक गौरव महतो लगाएत प्रहरी पत्रकार तथा स्थानीय समाजसेवीको सहभागीतामा राहत बितरण गरिएको हो ।

बाढीको कारणले सो क्षेत्रको हजारौं बिगहा क्षेत्रफलको धानबाली पुर्ण रुपमा नष्ट भएको छ । राहत सामग्री स्थानीयले पाएपछि खुसि ब्यक्त गर्दै पाएको राहतबाट केही दिन छाँक टार्न सहज भएको बताएका छन ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस