२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

गैंडाकोटबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०७८ बैशाख १३, सोमबार प्रकाशित ( साल अघि) १७६२ पाठक संख्या

कावासोती,१३ बैशाख – नवलपुरको गैंडाकोट नगरपालिका- १६ बेल्डियाबाट जुवा तास खेलिरहेका ९ जना पक्राउ परेका छन्।

गैंडाकोट नगरपालिका-१६ बेल्डिया बस्ने डिलाराज लामिछानेको घरमा जुवा तास खेलिरहेको अवस्थामा लामिछाने सहित ९ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३३ हजार ७ सय २० नेपाली रुपैयाँ, ९ हजार ५ सय भारतीय रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%१%१%

प्रतिक्रिया दिनुहोस