२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

काँग्रेस नवलपुर: क्षेत्र नं २ को गोला प्रथा हुन सकेन

२०७८ मंसिर १३, सोमबार प्रकाशित ( साल अघि) २८९६ पाठक संख्या

कावासोती । पाँच दिन अगाडिको मतगणनामा बराबरी भएको नेपाली काँग्रेस क्षेत्र नं २ को सभापतिको मत शनिवार गणना गर्दा फेरि पनि बराबर भए पछि गोला प्रथाबाट टुङ्गाउने भनिए पनि उम्मेदवारहरू गोला थुत्न न आएको भन्दै काँग्रेसको क्षेत्रीय निर्वाचन समितिले बराबरी मत आएको प्रतिवेदन जिल्ला निर्वाचन समितिलाई बुझाएको छ ।

क्षेत्र नं २ को निर्वाचन अधिकृतको जिम्मा पाएका हरिप्रसाद देवकोटाले उम्मेदवारहरू नआए पछि गोला प्रथा गर्न नसकिएको भन्दै जिल्ला निर्वाचन कार्यालयलाई प्रतिवेदन पठाइएको बताए । ूदोस्रो पटक मतगणना गर्दा समेत मत बराबर भएको र गोला प्रथाका लागि उम्मेदवारहरूलाई बोलाउँदा न आएकोले थप प्रक्रियाका लागि हामीले निर्वाचन समितिलाई आग्रह सहित पत्राचार गरेका छौू, देवकोटाले भने ।

यता आइतबार क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधिको पनि पुनः मतगणना गर्नु पर्ने माग उठेको छ । महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरूले पुनः गणनाको माग गर्दै निवेदन दर्ता गरेको विषयमा देवकोटाले अनभिज्ञता प्रकट गरे । महाधिवेशन प्रतिनिधिको अन्तिम मत परिणाम घोषणा गरे अनुसार बुझाइएको पनि देवकोटाले बताए । ूयस विषयमा निवेदन परेको भए त्यो पनि जिल्लाले टुङ्ग्याउला, हामीले महाधिवेशन प्रतिनिधिको अन्तिम परिणाम जिल्ला निर्वाचनलाई पठाएका छौ,ू देवकोटाले भने ।

 

यस विषयमा जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देल सँग कुराकानी गर्दा क्षेत्रले मत बराबरी भएर गोला प्रथा हुन नसकेको जानकारी जिल्लामा पठाएको आफुले जानकारी पाएको र यस विषयमा जिल्ला निर्वाचन समितिले काँग्रेसको विधान र निर्वाचन नियमावली अनुसार टुङ्गाउने बताए । ूमत बराबर भएको विषय विधान अनुसार गोला प्रथा बाट नै निर्णय हुन्छ, महाधिवेशन प्रतिनिधिको पुनः गणनाको माग भएको जानकारी जिल्ला निर्वाचन कार्यालयलाई छैनू, सिग्देलले भने ।

गत बुधबार गणना गर्दा मत बराबरी भएपछि शनिवार कावासोती पार्टी कार्यालयमा पुनः गणना भएको थियो । गत बुधबार बिहान ५ बजे क्षेत्रीय सभापतिका दुई उम्मेदवारको मत बराबरी भएपछि दुवै उम्मेदवारले पुनः गणनाको माग गर्दै गोला तान्न अस्वीकार गरेका थिए । शनिवार गणना गर्दा पनि दुवै उम्मेदवार जगत कार्की र सूर्य गुरुङले समान ३९४ मत पाए पछि आइतबार गोला प्रथाबाट टुङ्ग्याउने भनिए पनि गोला प्रथा हुन नसकेको हो ।

सभापतिका उम्मेदवार कार्की देउवा समूहका नेता विष्णुकुमार कार्की र गुरुङ पौडेल समूहका नेता महेन्द्रध्वज जिसि निकटका उम्मेदवार हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%६%१%२%२%

प्रतिक्रिया दिनुहोस