२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

२०७९ मंसिर १८, आईतबार प्रकाशित ( साल अघि) ८०५ पाठक संख्या

काठकमडौं । कतारमा जारी फिफा विश्वकपको प्रि-क्वाटर फाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना क्वाटर फाइनलमा पुगेको छ।

शनिबार राति बिन अलि रंगशालामा भएको खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २- १ गोल अन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सी र जुलियान अलभारेजले समान एक- एक गोल गरे। उता अस्ट्रेलियाका लागी अर्जेन्टिनाकै एन्जो फर्नान्डेजले आत्मघाती गोल उपहार दिए। यो जितसँगै अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागी नेदरल्यान्डविरुद्ध खेल्नेछ।

शनिबार राति नै भएको अर्को खेलमा अमेरिकालाई ३-१ गोलले पराजित गर्दै नेदरल्यान्डसले क्वाटर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस