२०८३ आश्विन १२, सोमबार
नयाँ
पछिला अपडेट

गजल …मैले भनेको छैन

२०७८ फागुन ५, बिहिबार प्रकाशित ( ४ साल अघि) ४९८३ पाठक संख्या

गजल …मैले भनेको छैन

तिमि पुलिस बन या चोर बन मैले भनेको छैन

तर

तिमि चोर बनेकै कारण  खोर गयौ कयौ पटक

मैले गनेको छैन

तिमि नेता बन या जनता बन मैले भनेको छैन

तर तिमि जनता बनेकै कारण ढाटिनु पर्यो कयौ पटक

मैले गनेको छैन

तिमि काम गरेर खाउ या खाएर काम गर मैले भनेको छैन

तिमीले काम नगरेकै कारण  भोकै बसेउ कयौ पटक

 मैले गनेको छैन

तिमि मन्त्रि बन या प्रधानमन्त्री बन मैले भनेको छैन

तर तिमि मन्त्रि बनेकै कारण प्रधानमन्त्रीबाट शासित भयौ

कयौ पटक मैले गनेको छैन

तिमिले परमादेस ल्याऊ या प्रदेस जाउ मैले भनेको छैन

तर तिमीले परमादेस ल्याएकै कारण पर्देसिनु पर्यो

पटक पटक मैले गनेको छैन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


↑