२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

गजल – रामचन्द्र खड्का

२०७८ माघ १९, बुधबार प्रकाशित ( साल अघि) २०६७ पाठक संख्या

गजल  ( MCC )

बुझे पनि नबुझे पनि म

नेपालमा

MCC चाहिदैन भन्छु

उठाउनुस राजस्व कयौ छ

नेपालमा

अब डलर खाइदैन भन्छु

जाने पनि नजाने पनि म

नेपालमा बसेर

बिदेसी गाना गाउदिन भन्छु

घरमै बसेर नेपाली खाना खाने हो

बिदेसी खाना खान कुनै होटल धाउदिन भन्छु

मागे पनि नमागे पनि

नेपाललाई

भारत को जमिन पर्दैन भन्छु

लिपुलेक कालापानी

नेपालकै हो महोदय अहिले  जमिन

सर्देन भन्छु

मान्नुस नमान्नुस २,४ बर्षे

पिरतीले बन्ने

जुनसुकै सरकार को भर हुदैन भन्छु

देश जोगाउन सांसद,

मन्त्रि हरुनै लागिसकेपछि

देस डुब्छ कि डर हुदैन भन्छु

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%५%१%१%१%

प्रतिक्रिया दिनुहोस