२०८३ अषाढ २, मंगलबार
नयाँ
पछिला अपडेट

गजल-रामचन्द्र खड्का

२०७९ जेष्ठ २९, आईतबार प्रकाशित ( साल अघि) २६८२ पाठक संख्या

गजल

म सग यो आकाश पनि सधै रोइरहेको छ
खसालेर बलिन्द्र धारा दुख आफ्नो धोइरहेछ

बिचित्र मेरो कहानीको साची छ यो आकाश
लुकाएर पिडा भित्र भित्रै यो मुटु जलाइरहेछ

पाइला टेक्यो जहा त्यहि भासिन्छ यो आकाश
रसाएर पानि प्वालहरुबाट भित्र भित्रै गलिरहेछ

मे देख्दै छु उ लुक्दै छ म लुक्छु उ देख्छ
लुकामारी गर्दै यो आकाश छाया बनि चलिरहेछ

बुझन सक्दीन स्पर्स गरेर बोल्दैन यो आकाश
खै किन किन यो बेमौसममा गर्जिरहेछ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%२%१%१%

प्रतिक्रिया दिनुहोस