२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

गजल – रामचन्द्र खड्का

२०७८ माघ २८, शुक्रबार प्रकाशित ( साल अघि) १७१३ पाठक संख्या

गजल

उसले भन्यो

ठुलालाई ठालु सानालाई आलु

परिबेस आलुकै हुनुपर्छ

     म भन्छु

बाघहरु सडकछाप हुनुको कारण

दोष बाघ लखेट्ने भालुकै हुनुपर्छ

नेताहरु सहर पसे दोस तेही

गाउमा बस्ने जनताकै हुनुपर्छ

हिम्सा, हत्या,चोर , डकैति बढ्दै छ

          गाउ सहर मा

दोष तेही समानताकै हुनुपर्छ

हात खुट्टा भएकाहरुलाइ नै चोर्नुपर्ने

दोष यहाँ साचो कै हुनुपर्छ

हात खुट्टा  नभएकालाई पनि यहाँ  माग्नुपर्छ

दोष यहाँ खाचो कै हुनुपर्छ

उसले भन्यो

माटो  बिना पनि त ढुङ्गो अडीन सक्छरे यार

तर

म भन्छु

दोष तेही माटो नै हुनुपर्छ

दाजु भाइ बीच काटमार हुनै पर्ने

अंशा बन्डा हुदा दोष तेही

बाटो छेउ पाटोको हुनुपर्छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस