२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

पर्साको एमाले सचिवमा संजीव मिश्राको उम्मेदवारी घोषणा

२०७८ पौष २७, मंगलबार प्रकाशित ( साल अघि) १२२६ पाठक संख्या

काठमाण्डौ । पर्सा जिल्लाको एमाले सचिवमा संजीव मिश्राको उम्मेदवारी घोषणा भएको छ । नेकपा एमालेको ८ औ जिल्ला अधिवेशनमा सचिव पदमा संजीव मिश्राको उम्मेदवारी घोषणा भएको नेता प्रद्युमन चौहानले बताउनु भयो ।

पोखरीया नगरपालिकामा पर्सा क्षेत्र नम्बर ३ का  नेता तथा कार्यकर्ता लगायतको एक भेलाले सर्वसहमतिले पर्सा जिल्लाको सचिव पदका लागि क्षेत्र ३ बाट संजीव मिश्रालाइ उम्मेदवार बनाउने निर्णय गरेको हो । उक्त निर्णय उपर नगर कमिटी अध्यक्ष विंन्ध्याचल ठाकुरले मिश्राको उम्मेदवारी घोषणा गर्नु भएको थियो ।

हरेक क्षेत्रमा पुस्तान्तरणको आवाज उठि रहँदा जिल्लाको एमालेमा संजिव मिश्राको उम्मेदवारीलाइ सबैले सकारात्मक रुपमा लिएको र यसले आफुलाइ पार्टी र समाज प्रति थप जिम्मेवार बनाएको मिश्राले बताउनु भयो । साथै निकट भविष्यमा हुने तिन तहको निर्वाचनमा पर्सा जिल्लामा एमालेलाइ शक्तिशाली बनाउनुको साथै पार्टीमा महिला,आदिवासी जनजाती पछाडि पारिएको वर्ग सबैलाइ समेटेर अघि बढने बताउनु भयो ।

सामाजिक क्षेत्र लगायत विभिन्न समयमा एमाले निकटका भिन्न भिन्न समितिहरुमा बसेर राजनीतिको ज्ञान हासिल गरेका मिश्रा एक कुशल र सबल व्यक्तिको रुपमा परिचित छन । विद्यार्थी जीवन देखि सुरु मिश्राको राजनीति यात्रामा राष्ट्रिय युवा संघ नेपालका वीरगञ्ज नगर कमिटीका सहसचिव हुदै युवा संघ जिल्ला कमिटी सचिव, प्रेस चौतारी पर्साका जिल्ला सचिव, पत्रकार महासंघ पर्सा शाखामा सदस्यको रुपमा दुइ कार्यकाल हुदै नेपाल पत्रकार महासंघ पर्साको कोषाध्यक्ष समेत रहेको मिश्राको पृष्ठभूमि छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस