२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

प्रदेश सभामा मेरो एक बर्ष

२०८० माघ ३, बुधबार प्रकाशित ( महिना अघि) १३४७ पाठक संख्या

पदमा जिसी श्रेस्ठ
२०७९ मंसिर ४ मा भएको निर्वाचनमा मलाई नवलपुर क्षेत्र न: २ (१) बाट प्रदेश सभामा निर्वाचित गर्ने सम्पुर्ण मतदाताज्युहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु । नेपाली जनताको बलिदानी पुर्ण संघर्षबाट स्थापित नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधान २०७२ अनुसार भएको निर्वाचनमा मलाई गण्डकी प्रदेश सभा सदस्य पदमा निर्वाचित हुने सु अवसर प्राप्त भयो ।

यो अवसर प्रदान गर्नुहुने सम्पुर्ण मतदाताहरु प्रति हार्दिक नमन गर्दै यहाँहरु सँग गरेको प्रतिवद्धता पुरा गर्ने उदेश्यका साथ २०७९ पुस १४ गते प्रदेश सभाको सदस्यको सपथ ग्रहण गरेको एक बर्ष पुरा भएको छ ।
यस अवधिमा मैले संसदीय अभ्यास सिक्ने काम संगै तपाईहरुको बीचमा गरेको प्रतिबद्धता पुरा गर्न आफ्नो सामार्थ्यले भ्याए सम्म कोशिस गरेको कुरा यहाँहरु समक्ष राख्न चाहान्छु ।

एक बर्षका बीचमा नीति निर्माण, भौतिक पूर्वाधार, सामाजिक बिकास ( शिक्षा स्वास्थ्य खेलकुद ) कृषि , पर्यटनका क्षेत्र ,खानेपानी ,सिचाई लगाएका बिषयमा विज्ञ, राजनैतिक दलहरु, मेरो राजनैतिक दल नेकपा ( एमाले ), संसदीय दल गण्डकी प्रदेश साथै अग्रजहरुको राय सल्लाह ग्रहण गर्दै निम्न जिम्मेवारी पुरा गरेको सबैमा जानकारी गराउँदछु ।
शुरुको बर्ष गण्डकी प्रदेश सभाको ४१ बटा बैठक सम्पन्न भएकोमा मैले ४० बटा बैठकमा प्रत्यक्ष सहभागी भए ।

सभामा नवलपुरमा कृषि उत्पादन बढाउन सिंचाई, मल , र उपयुक्त हावापानी अनुसार फलफुल खेतीको सम्भावनाको खोजी र बौदीकालीको बोबक तथा आसपासमा उत्पादन हुने सुन्तला र सुन्तला जातको खेतीको विकास तथा बिस्तार, हुप्सेकोट बौदिकालि ,बुलिङ्टार गाउँपालिकाको पहाडी भेगमा उत्पादन हुने अमृसो कुचोको बजारीकरणमा प्रदेश सरकारले लगानी गनुपर्नेमा जोड दिएको छु ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र यहाँको धार्मिक , ऐतिहासिक तथा सांस्कृतिक पक्षको विकास गरी पर्यटनको पूर्वाधार विकासमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने काम गरेको छु। कृषि, पर्यटन र उद्योगका माध्यमबाट नवलपुरको विकासलाई थप गति प्रदान गर्न सकिने यर्थाथ सभा मार्फत आफ्ना भनाइहरु राख्दै आएको छु। होमस्टेको विकास र पर्यावरण संरक्षण, वन जंगलको संरक्षण र सदुपयोगमा जनताको संलग्नलाई अझ प्रभावकारी बनाउन जोड दिएको छु ।

एक बर्ष अबधिमा ४ पटक शुन्य समय ४ पटक दफावार/ सैध्दान्तिक छलफलमा भाग लिइ पूर्व पश्चिम राजमार्गको निर्माणमा भएको ढिलाई तथा गुणस्तरीय निर्माण, गड्डगडीघाटमा निर्माणधिन पुलको निर्माण कार्य अलपत्र र जनताले भोग्नु परेको सास्ती बिषयमा निरन्तर सदन र बिषयगत समिति मार्फत सरकारको ध्यानाकर्षण गराउने काम गरेको छु । यस बीचमा मध्यवर्ती क्षेत्रमा मानव बन्यजन्तु द्धन्द नियन्त्रण, महिला र बालबालिकाको अधिकारको स्थापित गराउन सभा मार्फत सरकारको ध्यानाकर्षण गराएको कुरा यहाँहरुको बीचमा राख्न चाहान्छु ।

सभा मार्फत नै मैले माझी, मुसहर, बोटे तथा अल्पसंख्यक समुदायलाई मुल प्रवाहमा ल्याउन सरकारलाई ध्यानाकर्षण गराउने काम गरेको छु । साथै बाढि पहिरो डुबान जस्तो प्राकृतिक प्रकोप न्युनिकरण तथा नियन्त्रण को लागि बाराम्बार सरकारको ध्यानाकर्षण गराउदै आएको छु ,
शुरुको अबधिमा नेकपा ( एमाले ) नेतृत्वमा छोटो समयको सरकार रहेको अबस्थामा काम हुने ठुलो अपेक्षा नागरिकको थियो । तथापी मेरो दलको सरकार धेरै टिकेन ।

सरकारमा दल हुदा कति पय बिषय सुनुवाईमा सहजता हुने र प्रतिपक्षमा हुदा जाहेज मागहरु सम्बोधन गराउन ठुलै कसरत गर्नुपर्ने अवस्थालाई चिर्दै एउटा प्रदेश सभा सदस्यको रुपमा एक बर्ष कानून निर्माण र अन्य बिषयमा भए गरेका कामहरु यहाँहरुको माझ रााख्दछु ।

कानुन निर्माणमा एक बर्ष : प्रदेश वन ऐन निर्माण
संसदीय समिति : अर्थ तथा विकास समितिको सदस्यको हैसियतमा नीति निर्माणका सन्दर्भमा १४ बैठक भएकोमा सबै बैठकमा सहभागी भएर आफ्नो धारणा राख्ने काम गरेको छु । अन्त्यमा प्रदेश सभा २(१) अन्तरगतका बौदीकाली, हुप्सेकोट गाउँपालिका, कावासोति नगरपालिकाका ६ वटा वडा र मध्यविन्दु नगरपालिकाका ३ वटा वडा सहित २१ वटा वडा रहेकोमा अधिकांश वडा पहाडको अप्ठारो भूगोल रहँदा रहदै पनि मेरो पाँच बर्षीय कार्यकालको शुरु बर्षमा यस क्षेत्रको बिकास निर्माण, नीति निर्माण लगाएतका क्षेत्रमा सहयोग पुर्याउने क्षेत्र भरिका मतदाताहरु, समाजसेवीहरु राजनैतिक दलहरु, राष्ट्रसेवक कर्मचारीहरु, सञ्चार माध्यमहरु, पत्रकारहरु, बुद्दिजिविहरु , शिक्षकहरु, लगाएत सम्पुर्ण आमा बुवाहरु दिदिबहिनिहरु दाजुभाइहरु लगाएत सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै रचनात्मक सुझाव र सल्लाह पाइरहने अपेक्षा गर्दछु ।

( लेखक –  माननिय पदमा जिसी श्रेष्ठ ,
प्रदेश सभा सदस्य गण्डकी प्रदेश
नवलपुर क्षेत्र नम्बर २ ( १ बाट निर्बाचित हुन )

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%५%१%१%२%२%

प्रतिक्रिया दिनुहोस