२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

सम्हालिएर एकजुट हुँदै निर्वाचनमा होमिदै छ चितवन काङ्ग्रेस

२०७९ कार्तिक २२, मंगलबार प्रकाशित ( साल अघि) ९१६ पाठक संख्या

चितवन । प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीले टिकट नदिए पछि जिल्लाका नेताहरु असन्तुष्ट हुँदा भाँडीएको काङ्ग्रेस सम्हालिदै आएको छ । कतिपय बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् भने दाबी गर्नेहरु टिकट पाउने उम्मेदवार बोकेर चुनाबी मैदानमा जुटेका छन् ।

केहीको अशन्तुष्टि बाँकी रहे पनि अधिकांश दलको निर्देशनअनुसारका कार्यक्रममा जुट्न थालेका हुन । नेपाली काङ्ग्रेस चितवनका सचिब ध्रुव पोख्रेलका अनुसार जे जती असन्तुष्टि रहे पनि पार्टी भित्रै संघर्ष गर्नुपर्ने भन्दै गठवन्धनको उम्मेदवारका पक्षमा अधिकांश लागेको उहाँले बताउनुभयो ।

तत्कालिन समयमा क्षेत्र नम्बर १ को प्रतिनिधि सभामा टिकट नपाए पछि स्वतन्त्र उम्मेदवारी दिनु भएका राजेन्द्र बुर्लाकोटी उम्मेदवारी फिर्ता लिएर पार्टीका उम्मेदवार बिश्व पौडेलका पक्षमा चुनाबी मैदानमा हुनुहुन्छ । सुरुका दिनमा टिकट नपाए पछि निकै असन्तुष्ट बन्नु भएका नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल जिल्लाको चुनाबी नेतृत्व गरेर गठवन्धन जिताउने अभियानमा जुट्नु भएको छ ।

निवर्तमान सभापती जीतनारायण श्रेष्ठ आफ्नो असन्तुष्टिलाई थाति राखेर चितवन क्षेत्र नम्बर २ का उम्मेदवार बोकेर पाहाडी क्षेत्रमा प्रचारमा जुट्नुभएको छ । टिकट नपाए पछि त्यहाँका उम्मेदवार उमेश श्रेष्ठको केही दिन टेलिफोन समेत नउठाउनु भएका दाबेदारहरु उहाँको प्रचारमा ज्टेपछि चुनाबी अभियानले तिब्रता पाएको सचिब पोख्रेलको भनाई छ । निवर्तमान जिल्ला सभापति श्रेष्ठले आँफुले टिकट नपाउँदा सुरुका दिनमा नराम्रो लागे पनि पार्टीलाई भबिश्य ठान्ने आँफुहरु गठवन्धन भन्दा बाहीर जान नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “मेरो क्षेत्र र अन्य दुई क्षेत्रका गठवन्धनका उम्मेदवार जिताउने शंकल्प सहित म चुनाबी मैदानमा छु ।” क्षेत्र नम्बर १ मा उम्मेदवारी फिर्ता लिनु भएका वर्तौला जसरी पनि गठवन्धनका उम्मेदवार जिताउने अभियानमा हुनुहुन्छ । उहाँले भन्नुभयो “मलाई निकै चित्त दुखेको थियो । यध्यपी पाटी बाहीर गएर निर्णय लिनु हुन्न र यही भबिश्य छ भनेर उम्मेदवारी फिर्ता लिएर चुनाबी मैदानमा जुटेको छु ।” एक सिट गुम्दा धेरै अबसर गुम्ने भएकाले उम्मेदवारका पक्षमा आँफु लागिपरेको उहाँको भनाई छ ।

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा बागी उम्मेदवारको पक्षामा निरन्तर लाग्नु भएका नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत अहिले पार्टीका उम्मेदवारका पक्षमा लाग्नुभएको छ । उहाँले भन्नुभयो “पार्टीले कारवाही फिर्ता गरोस वा नगरोस म काङ्ग्रेसको उम्मेदवारको पक्षमा छु ।” उहाँ जस्तै अरु धेरै पार्टीको पक्षमा खुलेर लागेका छन् ।

तत्कालिन समयमा भूईकटहर चुनाब चिन्ह बोकेर हिडेका धेरै गठवन्धनको पक्षमा अहिले जुटेका छन् । नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य अञ्जनी श्रेष्ठले असन्तुष्टहरुलाई उहाँहरुका असन्तुष्टिका बिषयमा छलफल गर्दै पूर्बबत अबस्थामा फर्काईएको बताउनुभयो ।

उहाँले भन्नुभयो “पार्टी सम्हालिएको छ । सबै गठवन्धनका पक्षमा रहेका छन् ।” साना तिना असन्तुष्टि रहेकाहरुको सम्बोधन पार्टीले गर्ने भन्दै उहाँले खुलेर पार्टीको पक्षमा लाग्न आग्रह गरिएको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस